पदयात्रा अनुमति बारेमा
नेपालका केहि निश्चित क्षेत्रहरुमा अध्यागमन विभागबाट जारी गरिने पदयात्रा अनुमति बिना पदयात्रा गर्न निषेध गरिएको छ। पदयात्रा अनुमति एजेन्सी पदयात्राको लागि अनुमति प्राप्त मार्फत् मात्र पर्यटकको लागि जारी गरिन्छ।
अध्यागमन विभागमा पदयात्रा अनुमति जारी गर्ने सम्बन्धी जिम्मेवारी एजेन्सी शाखाले निर्वाह गरिरहेको छ।
पदयात्रा अनुमतिका लागि आवश्यक कागजात:
१. एजेन्सीको लेटरप्याडमा निवेदन
२. पर्यटन उद्योग महाशाखाले प्रदान गरेको इजाजत पत्र
३. स्थायी लेखा नं. प्रमाणपत्र
४. नेपाल राष्ट्र बैकको इजाजत पत्र
५. पदयात्रा कार्यक्रम तालिका
६.पदयात्रीहरुको नामावली/विवरण
७. पदयात्रीको राहदानी एवं वहाल भिषाको फोटोकपी तथा सक्कल
८. राजश्व दाखिला गरेको बैक भौचर
९. पदयात्रामा जाने गाइड तथा भरियाहरुको विमा सम्बन्धी कागजपत्रहरु
१०. चालु आ.व.को कर चुक्ता प्रमाण पत्रको फोटोकपी
११. घरेलु उद्योगले दिएको दिएको एजेन्सी दर्ताकोको प्रमाण पत्र
१२. अनलाइन आवेदन भरेको प्रिन्ट समिसन नं.
१३.कम्पनी दर्ता प्रमाण पत्र
१४. सिमिकोटबाट तिब्बत जाने भए चाइनिज भिसाको फोटोकपी
समयः एजेन्सी शाखाको निवेदन संकलन र कार्य फछ्र्यौट सम्बन्धी विवरण
Source: Department of Immigration, Nepal
बार |
समय |
विवरण |
कार्य फछ्र्यौट |
कैफियत |
आइतबार देखि विहिबार |
१०:०० बजे देखि २:०० सम्म |
निवेदन संकलन |
सोहि दिन |
|
|
२:०० बजे देखि ५:०० सम्म |
निवेदन संकलन |
भोलिपल्ट ११:०० बजे |
|
शुक्रबार |
१०:०० बजे देखि १:०० सम्म |
निवेदन संकलन |
सोहि दिन |
|
|
१:०० बजे देखि ३:०० सम्म |
निवेदन संकलन |
आइतबार ११:०० बजे |
|
19th Apr 25 06:57:53
2020 All Rights Reserved Terms of Use and Privacy Policy